
काठमाडौं । भारतीय नागरिकको साथबाट ११ किलो गाँजा बरामद भएको छ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर पक्राउ परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई ११ किलो २ सय ७५ ग्राम गाँजासहित पक्राउ गरिएको बताए ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको छ । यस विषयमा ब्यूरोले थप अनुसन्धान गरिरहेको छ ।

























