मोरङको कटहरीमा महिलाले काटिदिइन् पुरुषको लिंग

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २७, सोमबार २१:१५

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलमा सोमबार साँझ १ जना पुरुषको लिंग काटिएको छ ।

महिला साथीलाई भेट्न गएका ३२ वर्षीय कामत थरका पुरुषको लिंग तिनै महिलाले काटिदिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिंग काटिएका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

धारिलो हतियारले प्रहार गरिएका कारण लिंगमा गम्भीर चोट रहेको अस्पतालले जनाएको छ । घाइते पुरुषको आईसीयूमा उपचार भइरहेको छ । ‘लिंगमा गहिरो चोट छ । चुँडिन लागेको छ । उपचार जारी छ,’ अस्पताल स्रोतले भन्यो ।

सुरुमा ती पुरुषलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल रेफर गरिएको हो ।

घाइतेको उपचारका लागि नोबेल पुगेका आफन्तका अनुसार पुरुषको लिंगमा गहिरो चोट छ । ती आफन्तले पुरुषको घर जहदा गाउँपालिका– ३ मा रहेको जानकारी दिए । उनको घरमा श्रीमती र ३ जना सन्तान छन् ।

सोही वडाकी महिला कटहरीको आदर्श टोलमा डेरा बस्दै आएकी थिइन् । प्रहरीले पाएको जानकारी अनुसार डेरामा बस्दै आएकी महिलालाई भेट्न ती पुरुष बेलाबखत आउने गरेका थिए ।

सोमबार पनि भेट्न पुगेका पुरुषसँग ती महिलाको विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार महिलाले ती पुरुषको लिंगमा दाउले प्रहार गरेकी हुन् ।

घटनापछि ती महिला पनि बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । होस फर्किएर अवस्था सामान्य बनेपछि महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार विवाहेतर सम्बन्धका कारण घटना भएको देखिन्छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको र थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.