
विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–४ बाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित १ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले बुधबार बिहान ९ः३० बजेतिर ३८ वर्षीय सन्तोष बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार लौकहीबाट इरुवातर्फ आउँदै गरेको को ३२ प ५३६७ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा चालक धरान उपमहानगरपालिका–१७ का बस्नेतको साथबाट लागुऔषध फेला परेको थियो ।
बस्नेतको साथबाट १२.७० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित बस्नेत र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

























