झुम्का कारागारबाट भागेका कैदी विराटनगरमा स्कुटर चोरी गरेर भाग्दै गर्दा पक्राउ

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३०, बिहीबार १७:०२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । जेनजी आन्दोलनको समयमा भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट फरार भएका १ जना कैदी विराटनगरमा स्कुटर चोरी गरेर भाग्दै गर्दा पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल बुधबार राति १०ः३० बजेतिर पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका–१ नेताचोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भागेका जैसवाललाई विराटनगर–१६ दरैयाबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले चेकजाँचका क्रममा शंका लागेपछि स्कुटरलाई नियन्त्रणमा लिएको थियो । उक्त स्कुटरको कागजपत्र नभएको र सोधपुछका क्रममा जैसवाल झुम्का कारागारबाट भागेको पत्ता लागेको जानकारी चुँडालले दिइन् ।

उनका अनुसार जैसवाल यसअघि पनि मोटरसाइकल चोरी काण्डमा पक्राउ परेका थिए । चोरी मुद्दामा जिल्ला अदालत सुनसरीले दोषी ठहर गर्दै गत जेठ ३० गते उनलाई ५ महिना कैद र १० हजार जरिबानाको फैसला गरेको थियो ।

अदालतको फैसलापछि सजाय भुक्तान गरिरहेका उनी अन्य कैदीबन्दीसँगै भदौ २४ गते राति झुम्का कारागारबाट भागेका थिए । विराटनगरबाट पनि स्कुटर चोरी गरेर भारततिर लैजाँदै गर्दा नेपाल–भारत सीमा क्षेत्रबाट जैसवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीको स्कुटर पनि बरामद गरेको छ । जैसवालविरुद्ध मोरङ प्रहरीले चोरी मुद्दा चलाउने तयारी गरेको छ । त्यसपछि बाँकी कैद भुक्तानका लागि झुम्का कारागारमा पठाइने प्रहरीले जनाएको छ ।

सिन्धुलीबाट भागेका कैदी पनि पक्राउ

जिल्ला कारागार सिन्धुलीबाट फरार भएका १ जना कैदी पनि पक्राउ परेका छन् । मोरङको धनपालथान गाउँपालिका–३ सोराभागबाट ३९ वर्षीय उपेन मण्डललाई पक्राउ गरिएको डीएसपी चुँडालले बताइन् ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका उनी जेनजी आन्दोलनका बेला भदौ २४ गते फरार भएका थिए । जिल्ला अदालत मोरङले उनलाई ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार ७ वर्ष कैद सजाय भुक्तान गरिसकेका उनी अरु कैदीबन्दीसँगै भदौ २४ गते भागेका थिए । अब उनले १ वर्ष ६ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई यसअघि जिल्ला कारागार मोरङबाट स्थानान्तरण गरेर सिन्धुली पठाएको पाइएको छ ।

कारागारबाट भागेपछि घरमै आएर बसेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले बिहीबार दिउँसो २ः४० बजेतिर पक्राउ गरेको हो । मण्डललाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार सिन्धुली पठाउने तयारी भइरहेको डीएसपी चुँडालले बताइन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.