संखुवासभामा हत्या आरोपमा एक जना पक्राउ 

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ५, बुधबार १४:३१
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ

विराटनगर । संखुवासभाको खाँदबारीमा हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

खाँदबारी नगरपालिका–९ का २६ वर्षीय विक्रम कुमाललाई छिमेकीको हत्या गरेको आरोपमा पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विक्रमले कात्तिक ४ गते मंगलबार सोही ठाउँका ५५ वर्षीय कर्णबहादुर कुमालको घरेलु हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुरानो रिसइबीका कारण आवेशमा आएर विक्रमले घर नजिकै कर्णबहादुरलाई खुकुरी प्रहार गरेको खुलेको छ । विक्रमले खुकुरी प्रहार गर्दा गम्भीर घाइते कर्णबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा र तुम्लिङटार विमानस्थलका प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाएको ।

हत्यामा प्रयोग गरिएको खुकुरीसहित विक्रमलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.