मध्यरातमा जहदा महोत्सवमा झडप हुँदा २ जना घाइते 

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ५, बुधबार १७:२६

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ राम चोकमा सञ्चालन भएको ‘प्रथम जहदा महोत्सव’ मा मध्यरातमा झडप हुँदा २ जना घाइते भएका छन् ।

जनचेतना युवा क्लबले आयोजना गरेको महोत्वसमा मंगलबारको मध्यरात (१२ बजे)मा दुई पक्षीय झडप हुँदा २ जना घाइते भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

उनीका अनुसार झडपमा परी घाइते भएका कटहरी–४ का ३५ वर्षीय अनिलकुमार सहनी र गौचरन मेहताको अस्पतालमा उपचार भइरहेको छ ।

आयोजकले प्रशासनबाट असोज ३० देखि कात्तिक १३ गतेसम्म सांस्कृतिक कार्यक्रम गर्ने भनेर अनुमति लिएको थियो ।

आयोजकले महोत्सव गर्ने भनेर प्रशासनबाट अनुमति लिए अनुसार हामीहरूले पनि त्यस अनुसारको सुरक्षा प्रबन्ध मिलाएको बताउँदै, डीएसपी चुँडालले भनिन्, ‘आयोजकलाई राति १० बजेपछि पूर्ण रूपमा महोत्सव बन्द गर्नुपर्छ भनेपछि सहमत भएका थिए । अन्य दिन पनि राति १० बजेपछि बन्द हुँदै आएको महोत्सव मंगलबार राति पनि सोही समयमा प्रहरीले बन्द गराइ सकेको थियो ।’

राति प्रहरीले महोत्सव बन्द भयो सबै जनालाई घर जान आग्रह गरेपछि प्रायः सबै त्यहाँबाट हिँडेका थिए । प्रहरीले बन्द गराएपछि मध्यरात १२ बजेपछि पुनः आयोजकहरूले नै आफै जबरजस्ती मेला चलाएपछि दुई पक्ष झडप हुँदा केही व्यक्ति घाइते भए पनि झडपको स्पष्ट कारण खुल्न सकेको छैन, डीएसपी चुँडालले बताइन् ।

मंगलबार राति महोत्सवमा आयोजकहरू आफू आफूमा झडप भएपछि बुधबारदेखि महोत्सव बन्द गरिएको छ ।
घटनामा घाइते भएका र अन्य कसैले पनि उजुरी प्रहरीमा दिएका छैनन् । घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.