भद्रपुर र धरानमा खुकुरी प्रहार : महिला र किशोरी घाइते

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ६, बिहीबार १७:१५
सांकेतिक तस्बिर ।

विराटनगर । झापाको भद्रपुर र सुनसरीको धरानमा खुकुरी प्रहार हुँदा महिला र किशोरी घाइते भएका छन् ।

झापाको भद्रपुर नगरपालिका–१० सयपत्री मार्गमा अज्ञात समूहको खुकुरी प्रहारबाट २६ वर्षीया सुरुेखा मुखिया घाइते भएकी हुन् । २ जना अज्ञात पुरुषले मुखियाको बायाँ हात र गालामा खुकुरीले हानेको प्रहरीले जनाएको छ ।

घाइते मुखियाको स्थानीय ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । बुधबार दिउँसोको घटनामा परेर घाइते भएकी उनको अवस्था सामान्य रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।

घटनापछि कालो र निलो मोटरसाइकलमा आएका आक्रमणकारी फरार छन् । उनीहरूको परिचय खुल्न बाँकी छ । पहिचानको प्रयास गर्दै खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धरान उपमहानगरपालिका–११ मा बुधबार राति खुकुरी प्रहार हुँदा १५ वर्षीया किशोरी घाइते भएकी छन् । धरान–५ बस्ने सन्तोष भुजेलले सामान्य वादविवादका क्रममा सोही स्थानकी किशोरी आयुस रम्तेलमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

राति करिब ११ः३० बजे भएको उक्त घटनामा परेर घाइते भएकी रम्तेलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार जारी छ । घटनामा संलग्न भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रम्तेलमाथि खुकुरी प्रहार हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.