महिला विश्वकप: न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै भारत सेमिफाइनलमा

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक ७, शुक्रबार ०६:५९

काठमाडौँ । आईसीसी एक दिवसीय महिला क्रिकेट विश्वकप २०२४ को लीग प्रतिस्पर्धामा भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

मुम्बईको केडी वाई पाटिल स्टेडियममा खेलिएको उक्त खेलमा पहिला ब्याटिङ गरेको भारतीय महिला टोलीले ४९ ‌भरमा तीन विकेट गुमाउँदै ३४० रन बनाएको थियो ।

वर्षाका कारण खेल ४९–४९ ओभरको बनाइएको थियो । तर फेरि वर्षा भएपछि खेल ४४–४४ ओभरको बनाइयो र न्यूजिल्यान्डलाई ३२५ रनको लक्ष्य प्राप्त भयो । लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्डले ४४ ओभरमा ८ विकेट गुमाउँदै २७१ रन मात्र बनाउन सक्यो ।

भारतका तर्फबाट स्मृति मन्धाना र प्रतिका रावलले शतक प्रहार गरे । प्रतिकाले १२२ रन र मन्धानाले १०९ रनको शानदार शतकीय पारी खेले । यस्तै जेमिमा रोड्रिग्सले ७६ रन बनाइन् ।

बलिङतर्फ भारतका लागि रेणुका सिंह ठाकुर र क्रान्ति गौडले दुई/दुई विकेट लिए । यो जितका साथै भारतीय टिम अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा पुग्ने चौथो टिम बनेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×