मोरङको सुन्दरहरैँचामा खुर्पा प्रहारबाट १ जना घाइते

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ८, शनिबार १२:५२

विराटनगर । मोरङको सुन्दरहरैँचामा धारिलो हतियार खुर्पा प्रहारबाट १ जना घाइते भएका छन् । सुन्दरहरैँचा नगरपालिका–२ मृगौलिया बजारका ३७ वर्षीय भीमबहादुर मगर घाइते भएका हुन् ।

उनीमाथि मृगौलिया बजारकै ३५ वर्षीय मञ्जित गहतराजले शुक्रबार साँझ ५ः४५ बजेतिर खुर्पाले हानेको प्रहरीले जनाएको छ । खुर्पाले प्रहार गर्दा मगरको दाहिने पाखुरामा चोट लागेको छ । २ जनाबीचको सामान्य विवाद झगडामा परिणत हुँदा घटना हुन पुगेको प्रहरीले जनाएको छ ।

उनीहरु बीचमा के विषयलाई लिएर विवाद भएको थियो भन्ने यकिन भइसकेको छैन । मध्यम अवस्थाका घाइतेको मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

गहतराजलाई प्रहरीले घटनामा प्रयोग गरिएको खुर्पासहित नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.