१ करोड १० लाख नगद र सुनसहित २ जना पक्राउ

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार १७:०८

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको रुपैयाँ र पहेँलो धातुसहित नेपाली र चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

स्रोत नखुलेको १ करोड १० लाख ७० हजार रुपैयाँ नगद र ठुलो परिमाणमा सुन जस्तो देखिने पहेँलो धातुका गरगहनासहित एक नेपाली र एक चिनियाँ नागरिकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राति ११  : ३० बजेतिर काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभर्‍याङस्थित एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

धादिङको नीलकण्ठ नगरपालिका–२ घर भई हाल नागार्जुन–२ मा बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनको बेइजिङ घर भई हाल सोही स्थानमा बस्दै आएका ३८ वर्षीय चिनियाँ नागरिक जियाओ यानहुईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट १ करोड १० लाख ७० हजार रुपैयाँ नगद, सुनजस्तै देखिने झुम्का, बाला, औँठी, शिरबन्दी लगायतका गरगहना, ६ थान मोबाइल, एक थान एप्पल म्याकबुक प्रो, बीवाइडी कार, रोजिनाको नागरिकता, जियाओको राहदानी र विभिन्न बैंकका ४ थान चेकबुक बरामद गरेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.