माेरङ अदालतकाे नक्कली विज्ञापन देखाएर ठगी

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार १९:२८

विराटनगर । मोरङ जिल्ला अदालतमा कर्मचारी मागिएको भन्दै नक्कली विज्ञापन देखाएर ठगी गरेको एक घटना सार्वजनिक भएको छ । सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले अदालतको नक्कली विज्ञापन प्रयोग गरी २७ जनाभन्दा बढी व्यक्तिहरूलाई ठगी गरेको खुलेको हो ।

पीडितहरूले जिल्ला प्रहरी कार्यालय मोरङमा सामूहिक उजुरी दिएपछि यो प्रकरण बाहिर आएको छ ।

मोरङ प्रहरीका अनुसार, पूनमदेवी साहको नाममा यो ठगी भएको पाइएको छ । प्रारम्भिक अनुसन्धानमा यो गिरोहले सप्तरी जिल्लामा पनि ठगी गरेको देखिन्छ ।

ठगहरूले मोबाइलमा जिल्ला अदालतमा करारका कर्मचारीको विज्ञापन खुलेको भन्दै नक्कली विज्ञापन देखाउने गर्दथे । उनीहरूले प्रत्येक पीडितबाट २ हजार ५ सयदेखि २० हजारसम्म संकलन गरेका थिए भने, कतिपय व्यक्तिहरूसँग जागिर लगाइदिने भन्दै ३ लाखसम्म असुल गरेको पीडितहरूको दाबी छ । ठगी गर्ने गिरोहले पीडितहरूलाई यो घटनाबारे बाहिर बोलेमा ज्यान मार्ने धम्की पनि दिइरहेको पाइएको छ ।

गिरोहले २०८२ साउन १२ गतेको मितिमा नायव सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र सवारी चालक ५ जनाको विज्ञापन खुलेको भन्दै ठगी गरेको थियो । उनीहरूले आफूहरूले नै जागिर लगाएको देखाउन कर्मचारीका नक्कली परिचय पत्रसमेत बनाउने गरेको तथ्य फेला परेको छ ।

नक्कली परिचय पत्रमा प्रशासन अधिकृतको रूपमा केदारनाथ पौडेलको नाम र हस्ताक्षर उल्लेख गरिएको थियो।

ठगीमा परेका पीडितहरू सुरुमा न्यायको खोजीमा जिल्ला अदालत मोरङ पुगेका थिए। जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अदालतको दरबन्दी लोकसेवा आयोगमार्फत मात्र पदपूर्ति हुने जानकारी दिँदै पीडितहरूलाई उजुरीका लागि जिल्ला प्रहरी कार्यालय जान सल्लाह दिएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले ठगिएकाहरूको जाहेरी आएपछि घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएकी छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.