झापा र सुनसरीबाट लागुऔषधसहित ७ जना पक्राउ

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १३, बिहीबार ११:३६
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीय युवक पक्राउ

विराटनगर । कोशी प्रदेशको झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ ।

झापाको कमल गाउँपालिका–५ का विष्णु राजवंशीलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

राजवंशीले घरबाट प्रतिबन्धित औषधि बिक्री वितरण गरिरहेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले घरमा छापा हानेको थियो । त्यस क्रममा राजवंशीले बिक्री वितरण गरिरहेको अवस्थामा ट्रामाडोल ८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाइक्लोमाइन ५ सय ट्याब्लेटसहित पक्राउ परेका थिए ।

प्रहरीका अनुसार प्रतिबन्धित औषधि बिक्री वितरण कार्यमा संलग्न रहेको आरोपमा सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिई थप  अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, संखुवासभाको धर्मदेव नगरपालिका–४ का ओमनाथ घिमिरे ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनको साथबाट लागुऔषध ब्राउनसुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित पक्राउ परेका हुन् ।

धरान उपमहानगरपालिका–५ का रेहान लिम्बूलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरान पक्राउ गरेको छ । विभिन्न किसिमका लागुऔषध ३ सय १७ ट्याब्लेटसहित नियन्त्रणमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.