
विराटनगर । लागूऔषध नियन्त्रण ब्युरो शाखा विराटनगरको टोलीले मोरङबाट २ जना युवकलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको छ।
आज (आइतबार) दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित दरैया चोकमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका २ व्यक्तिलाई शंकाको आधारमा जाँच गरिएको थियो।
त्यस क्रममा सुन्दरहरैँचाका २९ वर्षीय रोमन राई र केराबारीका १९ वर्षीय पूर्ण तामाङ, पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार तामाङको साथबाट १२.८१ ग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध बरामद गरिएको छ । दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

























