
विराटनगर । पाँचथरको हिलिहाङमा वृद्धि बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
हिलिहाङ गाउँपालिका–१ फेदापका ३१ वर्षीय सन्देश राईलाई आफ्नो बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार कात्तिक १६ गते सन्देशले बुवा ६९ वर्षीय युवराज राईलाई काठको मुग्रोले प्रहार गर्दा को घटनास्थलमै मृत्यु भएको हो ।
कात्तिक १६ गते आइतबार बिहान साढे १० बजेतिर बुवा छोरामा विवाद हुँदा रिसको आवेशमा सन्देशले काठको मुग्रोले बुवाको शरीरका विभिन्न ठाउँमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरको टोलीले सन्देशलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।
कानुनी प्रक्रिया पूरा गरेर मृतकको लासलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ । हत्यामा संलग्न राईको नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान थोलेको प्रहरीले जनाएको छ ।

























