इटहरीबाट ९८ किलो गाँजा बरामद, २ जना पक्राउ

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार ११:१३

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको हो ।

गाँजासँगै सफारीलाई नियन्त्रणमा लिएको प्रहरीले १ जना महिलासहित २ जनालाई पक्राउ गरेको छ । कल्पना राईको घरमा खानतलासी गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ३५ वर्षीया कल्पना राईको घरबाट प्र–१–०२–००३ ह ९०५५ नम्बरको सीटी सफारीमा लोड गर्दै गरिएको अवस्थामा बिहीबार दिउँसो ९८ किलो गाँजा फेला परेको थियो । त्यसलगत्तै प्रहरीले घरधनी कल्पना र भोजपुरको रामप्रसाद गाउँपालिका–७ घर भइ इटहरीस्थित कल्पनाको घरमा बस्दै आएका २० वर्षीय मनोज राईलाई पक्राउ गरेको छ ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको सफारी पनि इटहरी प्रहरीकै नियन्त्रणमा छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.