
जनकपुरधाम । धनुषामा गोली प्रहार गरी वडाध्यक्षकाे हत्या भएको छ ।
शुक्रबार साँझ धनुषाको मिथिलाविहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या भएको हो ।
साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी स्वतन्त्र निर्वाचित वडाध्यक्ष हुन् ।
हत्याको कारण खुलेकाे छैन । गाेली प्रहार गर्ने समूहको खाेजी भइरहेको प्रहरीले जनाएको छ ।

























