
विराटनगर । जेनजी आन्दोलनका क्रममा झापाको इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट फरार भएका लागुऔषध मुद्दाका दुई थुनुवा पक्राउ परेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही स्थानका ४० वर्षीय ननकिशोर साह पक्राउ परेका हुन् । प्रहरीका अनुसार ताजपुरिया र साह गत भदौ २४ गते आन्दोलनको मौका छोपी इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट भागेका थिए ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आआफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउपछि दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























