
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई साेमबार राति पक्राउ गरेको हो ।
भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरेको हाे ।
सुरक्षा व्यवस्थालाई भड्काउने अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरिए प्रहरीले दाबी गरेकाे छ । मंसिर ७ गतेबाट आन्दाेलन घाेषणा गरेका प्रसाईंले अराजक अभिव्यक्ति दिइरहेका थिए ।

























