ठूलो परिमाण खैरो हेरोइनसहित विराटनगरबाट ४ जना पक्राउ

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार ०८:५८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरका अलगअलग स्थानबाट ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जना भारतीय नागरिक छन् ।

विराटनगर महानगरपालिका–१३ बाट २ जना पक्राउ परेका छन् । सडकको साइडमा रोकेर राखिएको को १४ प ४५८७ मोटरसाइकलमा बसेर कुराकानी गरिरहेका विराटनगर महानगरपालिका–८ का २८ वर्षीय अजयकुमार मुखिया र विराटनगर–१६ का अजयकुमार राउतलाई मंगलबार साँझ ५ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको सई प्रकाशचन्द्र अधिकारी नेतृत्वको टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरुलाई चेकजाँच गर्दा मुखियाको साथबाट १ सय ४० ग्राम १८ मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मंगलबार राति ८ः४५ बजेतिर विराटनगर–११ बसपार्कबाट २ जना भारतीय पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरका सई प्रकाशचन्द्र अधिकारी र वडा प्रहरी कार्यालय विराटनगरबाट इन्स्पेक्टर अप्रिल चापागाईं नेतृत्वको संयुक्त टोलीले भारत बिहार फारबिसगन्ज कोहलियाका २८ वर्षीय मोहमद मोजाहित र फारबिसगन्ज पलासीका २० वर्षीय राजकुमार दासलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये मोजाहितले लगाएको जम्फरमा प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा १ सय ५२ ग्राम ब्राउन सुगर फेला परेको डीएसपी चुँडालले बताइन् । उनका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.