
सिरहा । सिरहामा गोली लागेर बाबु–छोरा घाइते भएका छन् । कल्याणपुर नगरपालिका–१२ बेल्हामा मध्यरातमा गोली चलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ८–१० जनाको संख्यामा रहेको अपरिचित समूहले गोली चलाएको हो । गोली प्रहारबाट ४२ वर्षीय वीरेन्द्र महतो र उनका छोरा २३ वर्षीय अनिल महतो गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जनालाई उपचारका लागि मोरङको विराट टिचिङ अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार वीरेन्द्रको पेटमा गोली लागेको छ भने अनिलको छातीमा गोली लागेको छ ।
अज्ञात समूह बुधबार बिहानका राति करिब १ बजेको समयमा गाउँमा आइपुगेको थिए । उक्त समूह स्थानीय भोला महतोको घरमा पुगेपछि होहल्ला मच्चिएको थियो ।
त्यसपछि प्रतिकार गर्न खोज्दा स्थानीयमाथि गोली प्रहार गरेर त्यो समूह फरार भएको छ । फरार भएकाको खोजी तीव्र पारेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























