लागूऔषधसहित विराटनगरबाट १ जना पक्राउ

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ५, शुक्रबार १४:४३

विराटनगर । लागूऔषध खैरो हिरोइनको ठूलो परिमाण सहित एक व्यक्तिलाई प्रहरीले मोरङको विराटनगरबाट नियन्त्रणमा लिएको छ । आज (शुक्रबार) बिहान ८:३० बजे विराटनगर महानगरपालिका-१६ स्थित दरैया चोकबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिका-१२ बस्ने ३९ वर्षीय राजु बि.क. रहेका छन् । भारतबाट नेपालतर्फ शङ्कास्पद तरिकाले आउँदै गरेको को ३८ प २३१७ नं. को मोटरसाइकल रोकी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला परेको थियो ।

उनको साथबाट १०३ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजु बि.क. र मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिएको हो ।

हाल पक्राउ परेका बि.क.लाई इलाका प्रहरी कार्यालय, रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.