
काठमाडौं । हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा गत सोमबार मध्यरातमा पक्राउ परेका विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार रिहा भएका छन् ।
सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो । आदेशपछि उनी थुनामुक्त भएका हुन् । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा आइतबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा उनका छोराले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । यसअघि सर्वोच्च अदालतकै न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई २४ घण्टाभित्र उपस्थिति गराउन बिहीबार आदेश गरेको थियो ।

























