फाइल फोटोविराटनगर । विराटनगरबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित सोमबार १ जना युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१३ का २७ वर्षीय रोजन राई पक्राउ परेका हुन् ।
भारतबाट पैदल नै नेपालतर्फ आउँदै गरेका राईलाई अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले विराटनगर–१७ मटेरुवाबाट अपरान्ह करिब १२ बजेतिर पक्राउ गरेको हो । शंकास्पद रुपमा हिँड्दै गरेका उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथबाट ४६.६७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने पहरीको तयारी छ । रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले राईमाथि थप अनुसन्धान गरिरहेको छ ।

























