
विराटनगर। नेपाल प्रहरीका डीआईजी (प्रहरी नायव महानिरीक्षक) डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । अब घिमिरेले १४ वटा जिल्ला रहेको प्रदेशमा प्रहरीको कमाण्ड सम्हाल्ने छन् ।
यसअघि कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की थिए । उनलाई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)मा बढुवा गर्न सिफारिस गरिएपछि कोशी प्रदेश प्रहरी प्रमुख रिक्त थियो । मन्त्रिपरिषद् बैठकको निर्णयबाट कार्की एआईजीमा बढुवा भएका छन् ।
मन्त्रिपरिषद्ले उनको बढुवा सिफारिसलाई स्वीकृत गरेको हो । उनको पदस्थापन हुन बाँकी छ । कार्की एआईजीमा बढुवा भएपछि रिक्त रहेको कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी घिमिरेलाई दिइएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा कार्यरत घिमिरेले यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी दिलिपसिंह देउवालाई प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र दिपककुमार बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।
यस्तो छ सरुवा सूची

























