इटहरीको प्रहरी कार्यालयमा आगजनी गर्ने गिरोह पक्राउ

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ११, बिहीबार ०७:१२

विराटनगर । जेनजी आन्दोलनको आवरणमा सुनसरी इटहरीको प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि दुर्व्यवहार गर्ने गिरोह पक्राउ परेको छ ।

इलाका प्रहरी कार्यालयको भवन आगजनी गरेर ध्वस्त बनाएको घटनामा संलग्न गिरोहका ५ जना पक्राउ परेका हुन् । भदौ २४ गते प्रहरीको भवन र सवारीसाधन आगजनी एवं तोडफोड गरेर ध्वस्त पारिएको थियो ।

साथै, कार्यालयमा लुटपाट गरेर सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहारसमेत गरिएको थियो । घटनामा संलग्नमध्ये पहिचान भएका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भइ इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४ वर्षीय सोनम कार्की, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी–८ का २४ वर्षीय आभाष कार्की रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमाल नेतृत्वको टोलीले अपराधिक गिरोहका ५ जनालाई पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउन सुनसरी अदालतबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार घटनासँग सम्बन्धित भिडियो, फोटोलगायतका प्रमाणका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्राप्त प्रमाणहरुको विश्लेषण गर्दै घटनामा संलग्न अन्यलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.