महिलाको शंकास्पद मृत्यु: पति नियन्त्रणमा, माइती पक्षद्वारा हत्याको आरोप

Share this
821shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार ११:२७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–४, कटैयाचौरीमा २७ वर्षीया एक महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ । मृतक रोशनी झा गत बिहीबार राति घरमा मृत फेला परेकी थिइन् ।

घरका सदस्यहरूले रोशनीले पासो लगाएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई दिएका थिए । धनुषाको नगराइन नगरपालिका–२, जटही माइत भएकी रोशनीको परिवारले भने घरकै सदस्यहरू मिलेर हत्या गरेको आरोप लगाएको छ । उनीहरूले प्रमाण नष्ट गर्नका लागि मृतकको कपडा जलाइएको समेत दाबी गरेका छन् ।

रोशनीको चार वर्षअघि प्रशान्त मिश्रसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो । उनका पति प्रशान्त मधेश प्रदेशको नीति तथा योजना आयोगका कर्मचारी हुन् । माइती पक्षले हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्र विरुद्ध उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले उनीहरूलाई आइतबार नियन्त्रणमा लिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बम ले माइती पक्षबाट असुरक्षित हुन सक्ने भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । उनले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिए । डिएसपी बमका अनुसार हालसम्म मृतकको घाँटीमा डाम मात्र देखिएको छ । हत्या हो कि आत्महत्या भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निष्कर्षमा पुगिने उनले बताए । रोशनीका मामा प्रदीप चौधरीले घटनाको प्रकृति हत्या गरेको जस्तो देखिएको र दोषीहरूलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.