लागूऔषधसहित ५ जना पक्राउ

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार १४:२०
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर  । प्रहरीले आइतबार मोरङ, झापा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। मोरङ, रतुवामाई नगरपालिका–२, डोरियाबाट आइतबार साँझ ब्राउनसुगरजस्तो देखिने ४ ग्राम १० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। उर्लाबारी नगरपालिका–१ बस्ने २३ वर्षीय दीपेश धिमाल र ३३ वर्षीय पूर्णबहादुर जोगीलाई प्र.१–०२–०४७ प ८००२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

झापा गाउँपालिका–४, लसुनाबाट आइतबार दिउँसो ब्राउनसुगरजस्तो देखिने १ ग्राम २५ मिलिग्राम पदार्थसहित शिवसताक्षी नगरपालिका–११ बस्ने २६ वर्षीय निशान न्यौपानेसमेत दुई जना पक्राउ परेका छन्। उनीहरू भारतबाट पैदल नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन्।

वराहक्षेत्र नगरपालिका–७, बत्तीस टोलबाट आइतबार राति २७ वर्षीय दिनेश तामाङ पक्राउ परेका छन्। पर्वत मोदी गाउँपालिका–६ घर भई सुनसरीको वराहक्षेत्र–६, ठाकुरबारी बस्ने तामाङलाई प्रहरीले ८७ ट्याब्लेट ट्रामाडोल र ८८ ट्याब्लेट स्पास्पेनसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै अभियुक्तमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.