
विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–९, पोखरीचोक नजिकैबाट प्रहरीले ४६० केजी गाँजासहित स्कारपियो नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले बा ३ च ५५८५ नम्बरको स्कारपियोमा राखिएको १६ बोराबाट ४६० केजी गाँजा बरामद भएको हो ।
मंगलबार साँझ करिब ७ बजे इनरुवाबाट जाल्पापुरतर्फ जाँदै गर्दा नहरचोक नजिक रोक्न खोज्दा चालक गाडी छोडेर फरार भएका थिए ।
फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

























