सुनसरीमा गोली हानेर सफारी चालकको हत्यामा संलग्न ७ जना पक्राउ

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार ०९:२४

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ मा गोली हानेर सीटी सफारी चालकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

प्र–१–०२–००४ ह ७८०४ नम्बरको सफारीका चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको असोज २५ गते साँझ हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरु गोली हानेर फरार भएका थिए ।

आफ्नो सफारी लिएर उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा चौधरीमाथि गोली प्रहार भएको थियो । बायाँ छातीमा गोली लागेको र शरीरबाट अत्यधिक रगत बगेको घाइते अवस्थामा भेटिएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न ७ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार घटनामा संलग्नलाई सुनसरी र सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

प्रहरीले पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्दैछ । चौधरीको हत्या किन गरिएको हो भन्ने बारेमा यकिन भइनसकेको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.