जनमत पार्टीका सचिव बीपी साह बलात्कार आरोपमा प्रहरी हिरासतमा

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २३, मंगलबार १९:००

धनुषा । जनमत पार्टीका निलम्बित केन्द्रीय सचिव बीपी साहलाई बलात्कार आरोपमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।

धनुषाका एसपी रुगमबहादुर कुँवरका अनुसार अदालतले प्रहरीलाई साहमाथि आवश्यक अनुसन्धान अघि बढाउन ५ दिनको समय प्रदान गरेको हो।

मंगलबार साह आफैँ जिल्ला प्रहरी कार्यालय धनुषा पुगेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जनकपुरधामकी २७ वर्षीया महिलाले साहविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै उजुरी दिएको दिनकै केही समयपछि साह प्रहरीसमक्ष उपस्थित भएका हुन् । उजुरी दर्ता भएको दिन नै साहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा सक्रिय देखिने साह पक्राउ पर्ने आशंकाका कारण आफैँ प्रहरीसमक्ष पुगेको एसपी कुँवरले जानकारी दिए ।

जाहेरी दर्ता भएपछि जनमत पार्टीले साहलाई केन्द्रीय सचिव पदबाट निलम्बन गरिसकेको छ। प्रहरी अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.