
काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका मकवानपुर, हेटौँडा उप–महानगरपालिका–१ चाइना क्वार्टरका ऋषि केबी लाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुवास बोहराका अनुसार ४६ वर्षीय केबीलाई अदालतको आदेश अनुसार मंगलबार कारागार कार्यालय भीमफेदी पठाइएको हो। केबीलाई प्रहरीले कार्तिक २५ गते पक्राउ गरेको थियो।
प्रहरीको अनुसन्धानले केबीले फरक-फरक समयमा १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको निष्कर्ष निकालेको छ। विभिन्न प्रलोभन र आश्वासन देखाई पीडितको मञ्जुरी बिना करणी गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
सरकारी वकिलले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेपछि अदालतले मंगलबार केबीलाई थुनामा पठाउन आदेश दिएको एसपी बोहराले जानकारी दिए।

























