झुम्का कारागारबाट भागेका थुनुवा पक्राउ

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २६, शुक्रबार ११:५३
झुम्का कारागारमा एक जना बन्दीको मृत्यु

विराटनगर । जेनजी आन्दोलनको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट भागेका १ जना थुनुवा पक्राउ परेका छन् ।

मोरङको सुन्दरहरैँचा नगरापालिका–६ घर भएका ३१ वर्षीय अजित श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि गत असार ३१ गते श्रेष्ठलाई झुम्का कारागार चलान गरिएको थियो ।

जेनजी आन्दोलनको मौका छोपेर उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए । भागेपछि लुकिछिपी बस्दै आएका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा सुन्दरहरैँचास्थित घरबाटै पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीले श्रेष्ठलाई शुक्रबार कारागारको जिम्मा लगाएको छ । कारागारबाट भागेका कैदीबन्दी विभिन्न स्थानमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले खोजी तीव्र पारेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.