
विराटनगर । जेन्जी आन्दोलनको क्रममा प्रहरी हिरासतबाट फरार भएका लागु औषध सम्बन्धी मुद्दाका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–२, चैतुवारीस्थित आफ्नै घरमा लुकेर बसेका २८ वर्षीय किरण कुमार राजबंशीलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिइएको हो ।
राजबंशी २०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहँदा जेन्जी आन्दोलनको मौका छोपी फरार भएका थिए ।
इप्रका घैलाडुब्बाबाट खटिएको प्रहरी नायब निरीक्षक विनोद श्रेष्ठ नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका राजबंशीलाई थप अनुसन्धानका लागि इप्रका अनारमनीमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























