महान्यायाधिवक्ता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट निलम्बित

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १४:३९

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सविता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट निलम्बन गरेको छ । मङ्सिर १७ गते बसेको ट्रान्सपरेन्सी नेपालको बैठकले यो निर्णय गरेको हो।

महान्यायाधिवक्ता भण्डारीले किशोरीको डिम्ब बेचबिखनको आरोप लागेको निजी कम्पनी ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ माथि मुद्दा नचलाउने निर्णय गरेकी थिइन् । सोही मुद्दा नचलाउने निर्णयमाथि सर्वोच्च अदालतले महान्यायाधिवक्ता भण्डारीलाई कारण देखाऊ आदेश जारी गरेको छ ।

संस्थाका पदाधिकारीहरूका अनुसार यही विवादित निर्णयका कारण उनलाई निलम्बन गरिएको हो । वरिष्ठ अधिवक्ता भण्डारी खेमराज रेग्मी अध्यक्ष हुँदा ट्रान्सपरेन्सी नेपालको कार्यसमिति उपाध्यक्ष समेत बनेकी थिइन् । उनको निर्णय विवादमा आएपछि संस्थाले उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिए पनि उनले अस्वीकार गरेकी थिइन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.