फाइल फाेटाेकाठमाडौं । गाँजा तस्करी गरेकाे आराेपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक ३३ वर्षीय रञ्जित सिंह पक्राउ परेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानहुँदै बैंककबाट काठमाडौं आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजमा गाँजा फेला परेपछि नियन्त्रणमा लिएको हो ।
सोही लागुऔषध लिन आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

























