फरार ३ जना अभियुक्त पक्राउ

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ७, सोमबार १८:०८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । विभिन्न मुद्दामा सम्बन्धित तर फरार रहेका ३ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले आज (सोमबार) पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार विशेष अदालत काठमाडौं तथा संखुवासभा जिल्ला अदालत चैनपुरको फैसला तथा आदेशअनुसार फरार रहेकाहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मेनुका तामाङ संखुवासभा खाँदबारी नगरपालिका–६ की छन् । उनी मापदण्ड विपरीत निर्माण कार्य गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भई फरार रहँदै आएकी थिइन् । यसैगरी सिलिचोङ गाउँपालिका–४ का विक्रम विश्वकर्मा संखुवासभा पनि पक्राउ परेका छन् । उनी चेक अनादर मुद्दामा फरार थिए ।

त्यस्तै, खाँदबारी नगरपालिका–३ का दावा शेर्पा चेक अनादर मुद्दामा फरार रहँदै आएका थिए । विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि संखुवासभा जिल्ला अदालत चैनपुरमा पेस गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.