
विराटनगर । विराटनगर महानगरपालिका– ११ मा रहेको रत्ना होटल र बिग होटलको क्यासिनोबाट पक्राउ परेका मध्ये १७ जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
आइतबार राति प्रहरीले दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ३ जनालाई छाडेको प्रहरीले १७ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान सुरू गरेको हो । बिग हाेटलकाे क्यासिनाेबाट समातिएका ३ जनालाई भने प्रहरीले छाडेकाे छ ।
आइतबार राति मोरङ प्रहरीले होटल रत्नाभित्र रहेको गोल्डेन क्यासिनोबाट १४ जना र बिग होटलभित्र सञ्चालित च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपालीलाई पक्राउ गरेको थियाे । पक्राउ पर्नेमा क्यासिनोका व्यवस्थापक, कर्मचारी र खेल्न पुगेका व्यक्तिहरू छन् । पूर्वाञ्चल विश्वविद्यालयका शिक्षकदेखि जेनजी आन्दोलनका अगुवा पनि छन् ।
क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । नेपालीलाई खुला रुपमा प्रवेश दिइएको गुनासोपछि छापा मार्ने क्रममा प्रहरीले क्यासिनो भित्र रहेका नेपालीसँग नक्कली भारतीय आधार कार्ड पनि फेला परेको थियो ।
दुईवटा होटलबाट पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ मा रहेको जुवा कसूर अनुसार ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।
रत्ना होटलको गोल्डेन कोईन क्यासिनोमा पक्राउ परेकाहरु
१. जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा. वडा न.- ६ बस्ने वर्ष ४३ को लोकेन्द्र बहादुर बस्नेत ।
२. जिल्ला झापा मेची न.पा.-७ हाल जिल्ला मोरङ विराटनगर म.न.पा.वडा -०६ वर्ष ४० को रोशन गिरी ।
३. जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं.१ बस्ने वर्ष २६ को कृष्ण कुमार कुर्मी ।
४. जिल्ला मोरङ विराटनगर म.न.पा. वडा नं.- १ बस्ने वर्ष २४ को विवेककुमार मण्डल ।
५. जिल्ला रामेछाप सुनापति गा.पा.वडा नं. ४ बस्ने राज लामा भन्ने मणी लामा योन्जन ।
६. जिल्ला सुनसरी ईटहरी उप-म.न.पा.-५ बस्ने वर्ष २७ को रुपेश दाहाल ।
७. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. -४ बस्ने वर्ष २३ को आदेश बि.क. ।
८. जिल्ला मोरङ बुढिगंगा गा.पा. २ बस्ने वर्ष ४२ को महमद जाकिर हुसेन ।
९. जिल्ला मोरङ विराटनगर म.न.पा.वडा न.- १ बस्ने वर्ष ४५ को तेजराज गिरी ।
१०. जिल्ला झापा दमक न.पा.-४ बस्ने वर्ष ४० को घनश्याम गिरी ।
११. जिल्ला मोरङ कटहरी गा.पा.वडा नं.४ बस्ने वर्ष २६ को सुरज राय ।
१२. जिल्ला उदयपुर चौदण्डीगढी न.पा. ५ को वर्ष ३८ को संतोष बस्नेत ।
१३. जिल्ला सुनसरी इटहरी उप-म.न.पा. वडा नं.०८ बस्ने वर्ष २९ को प्रमोद घिमिरे ।
१४. जिल्ला मोरङ बिराटनगर म.न.पा.-७ बस्ने वर्ष २७ को पवन गोस्वामी ।
बिग होटलको च्याम्पियन जोन क्यासिनोमा पक्राउ परेका मानिसहरु :
१. जिल्ला काभ्रे बनेपा न.पा.वडा नं. ११ बस्ने वर्ष ४५ को राम कृष्णगौतम ।
२. जिल्ला बैतडी दशरथचन्द न.पा.वडा नं.८ बस्ने वर्ष ५३ को हरि भट्ट ।
३. जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.८ बस्ने वर्ष साजन साह ।

























