८ पटक मुद्दा चलेका व्यक्ति नवौँ पटक पक्राउ

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १२:२८

काठमाडौँ । विभिन्न कसुरमा ८ पटकसम्म मुद्दा खेपिसकेका एक व्यक्ति पुनः चोरीकै आरोपमा नवौँ पटक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको गौरीशंकरका २३ वर्षीय अब्राहम थामी र उनका सहयोगी गोविन थामीलाई पक्राउ गरेको हो।

पुस १५ गते तीनकुने र सिनामंगलमा पार्किङ गरी राखिएका २२० सीसीका दुईवटा पल्सर मोटरसाइकल चोरी भएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका अब्राहमको आपराधिक रेकर्ड निकै लामो देखिएको छ। २०७६ सालदेखि हालसम्म उनीमाथि चोरी, डाँका, अभद्र व्यवहार र सवारी ज्यान लगायतका गम्भीर कसुरमा आठ पटक मुद्दा चलिसकेको भेटिएको छ।

२०७७ सालमा मात्रै उनीमाथि तीनवटा फरक-फरक चोरीका मुद्दा दर्ता भएका थिए भने २०८० सालमा दोलखाबाट सवारी ज्यानको मुद्दा चलेको थियो। बारम्बार कानुनी फन्दामा परेर छुट्ने र पुनः सोही प्रकृतिको अपराधमा संलग्न हुने उनको प्रवृत्तिले प्रहरीलाई समेत चकित तुल्याएको छ। पक्राउ परेका दुवै अभियुक्तलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.