माङ्तेवा प्रहरी चौकीको अढाई तले भवन उद्घाटन

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १८:४६
संखुवासभाको प्रहरी चौकी माङ्तेवा कार्यालय भवन सञ्चालनमा

विराटनगर । संखुवासभाको सिलिङचोङ गाउँपालिका–४ को प्रहरी चौकी माङ्तेवा संखुवासभाको नवनिर्मित कार्यालय भवन सञ्चालनमा आएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी डीआइजी विनोद घिमिरेले ८ कोठा भएको अढाई तले भवनको उद्‌घाटन गरे । १ करोड ७७ लाख ६७ हजार ४ सय ९६  रुपैयाँको लगतमा सो भवनको निर्माण पूरा भएको हो ।

प्रहरी चौकीको भवनको उद्‌घाटन गर्दै डीआइजी घिमिरेले हिमाली तथा पहाडी दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकहरूको सुरक्षामा अहोरात्र खटिँदै आएको प्रहरीको दैनिकी नवनिर्मित भवनबाट थप सहज हुने बताए ।
उनले नयाँ भवनबाट प्रहरीले प्रदान गर्ने सेवाका साथै अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा समेत थप प्रभावकारी हुने प्रस्ट्याए ।

सो अवसरमा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनेलाई आभार व्यक्त गर्दै निः शुल्क जग्गा उपलब्ध गराउने जग्गा दाता दम्पती देउलक्ष्मी राई र पूर्णकुमार राईलाई डीआइजी घिमिरेले सम्मान गरे ।

सो अवसरमा संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सिलिङ्चोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङ, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.