विराटनगरमा चिया पसलबाट गाँजाको कारोबार, ३ जना पक्राउ

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार ०८:१२

विराटनगर । विराटनगर महानगरपालिका–१५ मा सामान्य चिया नास्ता पसलको आडमा गाँजाको कारोबार भइरहेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले बिहीबार साँझ चिया नास्ता पसलमा छापा मारेर गाँजा बरामद गरेको छ । प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

मनोज साहको घरमा सटर भाडामा लिएर चिया तथा नास्ता पसल सञ्चालन गर्दै आएकी भारत बिहारकी अन्दाजी ४५ वर्षीया कविता यादवले उक्त पसलबाट गाँजाको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको हो । पसल खानतलासी गर्दा भित्र रहेको खाटमुनि सेतो प्लाष्टिकका ७ वटा पोका एकै ठाउँमा जम्मा गरी सेतो टेपले बेरेर लुकाइराखिएको अवस्थामा गाँजा फेला पारेको थियो ।

त्यहाँ ससाना खाली प्लाष्टिकका प्याकेटहरू पनि भेटिएपछि उक्त पसलबाट गाँजाको खुद्रा बिक्रीसमेत हुँदै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । बरामद गरिएको गाँजा डिजिटल तराजुमा तौल गर्दा ७ किलो १ सय ८० ग्राम भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजासहित पसल सञ्चालक यादव, उनका छोरा २८ वर्षीय मुन्नाकुमार यादव र मोरङको जहदा गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय मञ्जितकुमार यादवलाई पक्राउ गरेको हो । साथै, घटनास्थलमा रहेको बीआर ३८ क्यू ८९३६ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार चिया पसलको आडमा गाँजाको कारोबार सहज रूपमा सञ्चालन गरिएको पाइएको छ । पसलबाट लामो समयदेखि गाँजाको खरिद बिक्री हुने गरेको प्रहरीको भनाइ छ ।

बरामद भएको गाँजासहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । गाँजा कहाँबाट ल्याइन्थ्यो, कस–कसलाई बिक्री गरिन्थ्यो र यसमा अन्य व्यक्तिहरू संलग्न छन् कि छैनन् भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

विराटनगरजस्तो व्यस्त र सहरी क्षेत्रमा सामान्य चिया पसलको आवरणमा गाँजाको कारोबार भइरहेको खुलासाले प्रहरी र स्थानीयलाई समेत चकित बनाएको छ । प्रहरीले यस्ता गैरकानुनी गतिविधिविरुद्ध निगरानी बढाएर कारबाही गरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.