
विराटनगर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका लागुऔषध मुद्दाका १ जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–१० का२८ वर्षीय मनोज खनाल शुक्रबार दिउँसो पक्राउ परेका हुन् । उनी भदौ २४ गते फरार भएका थिए । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दिउँसो ३ः३० बजेतिर दमक–८ स्थित सेतुमारी रोडबाट उनलाई पक्राउ गरेको हो ।
फरार अवस्थाबाट पक्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























