बिर्तामोडमा लागुऔषध कारोबारमा संलग्न २ युवा पक्राउ, ४१ ग्राम बढी ब्राउन सुगर बरामद

Share this
811shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार ०८:०८

झापा । झापाको बिर्तामोड नगरपालिका–४ मुनाल टोलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबारमा संलग्न २ जना युवा पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नियमित चेकजाँचको क्रममा उनीहरू शंकास्पद अवस्थामा फेला परेपछि खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको हो ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१ पाण्डेचोक बस्ने २५ वर्षीय निरोज लिम्बू र भद्रपुर नगरपालिका–२ पृथ्वीनगर बस्ने २६ वर्षीय सागर प्रधान रहेका छन् । उनीहरूको साथबाट ४१ ग्राम ५८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी उनीहरूले प्रयोग गर्दै आएको प्र १–०१–०१५ प ३४२७ नम्बरको स्कुटर, २ थान स्क्रिन टच मोबाइल फोन र १ थान किप्याडवाला मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खण्ड्काले बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.