झापामा ब्राउन सुगरसहित ९ जना पक्राउ

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १०:५१

विराटनगर  । झापाकाे मेचीनगर नगरपालिका–११ स्थित कालिका सिमसार क्षेत्रबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ९ जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–७ बस्ने २६ वर्षीय बिमल मेचेको साथबाट प्लाष्टिक बाहेक ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर (खैरो लिसाइलो पदार्थ) र नगद ३० हजार रुपैयाँ बरामद भएको छ। मेचीनगर–११ का २३ वर्षीय प्रबिन राईको साथबाट ७ हजार ५ सय रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
सोही स्थानबाट संकास्पद अवस्थामा रहेका अन्य ७ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्ने अन्य व्यक्ति:
१, कविस मेचे (२० वर्ष), मेचीनगर–८
२. बासु राजबंशी (२८ वर्ष), मेचीनगर–११
३. सुरेश खड्का (३४ वर्ष), मेचीनगर–११
४. कुमार गुरुङ (३५ वर्ष), बुद्धशान्ति–४
५. सन्दिप सराईली (२५ वर्ष), बुद्धशान्ति–३
६. घनश्याम माझी (३० वर्ष), मेचीनगर–१० (टिकापुर)
७. राजेन्द्र कुमार थापा (३८ वर्ष), बुद्धशान्ति–४

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । कालिका सिमसार क्षेत्र लागुऔषध प्रयोगकर्ता र कारोबारीको केन्द्र बन्दै गएपछि प्रहरीले यस क्षेत्रमा निगरानी बढाएको छ । यसअघि सोही स्थानबाट लागुऔषध सेवन र कारोबारमा संलग्न ४३ जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइसकिएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.