
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले बाराको जितपुरबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भई हाल ललितपुरको इमाडोल बस्ने ४० वर्षीय श्री तामाङलाई मंगलबार पक्राउ गरेको हो।
तामाङमाथि २ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो रकम रहेको छ। उनी विरुद्ध २०८२ भदौ ३ र ८ गते जिल्ला प्रहरी परिसर भक्तपुरमा र भदौ ५ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाहरू दर्ता भएका थिए। उनलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले २०८२ साल असार ३१ गते नै पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ।

























