कांग्रेस आधिकारिकता विवाद: देउवा पक्षले बुझायो ८८५ प्रतिनिधिको ‘हस्ताक्षर फिर्ता’को प्रमाण

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १३:३५

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले गगन थापा नेतृत्वको समूहले गरेको विशेष महाधिवेशनको वैधानिकतालाई चुनौती दिँदै निर्वाचन आयोगमा ठोस प्रमाण पेस गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले शुक्रबार आयोग पुगेर ८८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ताको कागजात बुझाएको हो।

हस्ताक्षर फिर्ताको दाबी गगन थापा समूहले विशेष महाधिवेशनका लागि प्रयोग गरेका हस्ताक्षरहरूमध्ये ठूलो संख्यामा प्रतिनिधिहरूले आफ्नो समर्थन फिर्ता लिएको देउवा पक्षको जिकिर छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, ८८५ जना प्रतिनिधिले आफूहरू उक्त प्रक्रियामा नरहेको भन्दै बुझाएको लिखित प्रमाण आयोगलाई हस्तान्तरण गरिएको छ।

आयोगमा दलबलसहित देउवा पक्ष गगन थापा नेतृत्वको टोलीले आधिकारिकता दाबी गरेको भोलिपल्टै संस्थापन पक्ष पदाधिकारी, केन्द्रीय सदस्य र भ्रातृ सङ्गठनका नेताहरूसहित शक्ति प्रदर्शन गर्दै आयोग पुगेको थियो। टोलीले पार्टीको आधिकारिक नेतृत्व देउवा पक्ष नै रहेको र विशेष महाधिवेशन विधानसम्मत नभएको तर्क गरेको छ।

आयोगको जवाफ कांग्रेस टोलीसँगको भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पार्टीको आधिकारिकता विवादका सम्बन्धमा आयोगले तथ्य र विधिसम्मत ढङ्गले निर्णय दिने स्पष्ट पारे। दुवै पक्षको दाबी र प्रमाणहरू अध्ययन गरेपछि आयोग एउटा निष्कर्षमा पुग्ने उनले बताए।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.