कांग्रेस विवाद, आयोगको स्पष्टोक्ति: ‘संविधान र कानुनको परिधिभित्र रहेर निर्णय दिन्छौँ’

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १३:३८

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादका सम्बन्धमा निर्वाचन आयोगले विधिसम्मत निर्णय दिने बताएका छन्। शुक्रबार आधिकारिकता दाबी गर्न पुगेको संस्थापन (देउवा) पक्षका नेताहरूसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कांग्रेसको वैधानिकतामा कुनै विवाद नरहेको र ‘विशेष महाधिवेशन’का नाममा भएका गतिविधि पार्टीले नचिन्ने भन्दै आयोगको ध्यानाकर्षण गराएको छ। उनीहरूले ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण पेस गर्दै गगन थापा नेतृत्वको समूहलाई मान्यता नदिन आग्रह गरे।

जवाफमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ‘निर्वाचन आयोगले संविधान, ऐन र कानुनको परिधिमा रहेर मात्रै विश्लेषण गर्छ। विधि र पद्धतिबाहिर गएर आयोगले कुनै निर्णय गर्दैन।’ उनले निर्वाचन कार्यतालिका अनुसारका प्रक्रियामा सहभागी हुन समेत दललाई आग्रह गरे।

यसअघि गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस अन्तिम साता काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। थापा पक्षले आयोग पुगेर विवरण अद्यावधिक गर्न र आगामी निर्वाचनमा उम्मेदवारको मनोनयनमा गगन थापाको हस्ताक्षर चल्ने गरी निवेदन दिइसकेको छ।

देउवा पक्षले उक्त महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै आएको छ भने थापा पक्षले आफूहरूसँग बहुमत महाधिवेशन प्रतिनिधि रहेको दाबी गर्दै आएको छ। दुवै पक्षको दाबीपछि अब निर्वाचन आयोगको निर्णयलाई निकै चासोका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.