३३ किलो सुन काण्ड: फरार प्रतिवादी गौतम पक्राउ

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १५:४२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । सनम शाक्यको अपहरण, शरीर बन्धक तथा ज्यान सम्बन्धी कसूर (३३ किलो सुन प्रकरण) का फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि फरार रहेका मकवानपुरका ३३ वर्षीय सुरेन्द्र गौतम पक्राउ परेको जानकारी दिएको हो।

गौतमलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त समन्वयमा माघ १ गते काठमाडौँबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेलगतै उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङ, विराटनगरमा बुझाइएको छ।

यो मुद्दा २०७४ फागुन ३ गते जिल्ला प्रहरी कार्यालय मोरङमा दर्ता भएको थियो। सञ्जीव शाक्यको जाहेरीले नेपाल सरकार वादी रहेको यस मुद्दामा ‘गोरे’ भन्ने चूडामणि उप्रेतीसहित ६३ जनालाई प्रतिवादी बनाइएको थियो। गौतम सोही समयदेखि नै फरार सूचीमा रहेका थिए। ल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रनाउ हरिनन्दन चौधरीका अनुसार फरार प्रतिवादीहरूको खोजी कार्यलाई तीव्रता दिने क्रममा यो सफलता मिलेको हो।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.