
विराटनगर। झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका प्रतिवादी बुद्धराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर १ घर भएका लिम्बु गत भदौ २४ गते झुम्का कारागारमा भएको प्रदर्शनका क्रममा फरार भएका थिए।
धनकुटाको मूलघाटबाट प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको नेतृत्वमा खटिएको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका लिम्बुलाई आवश्यक कानुनी प्रक्रियाका लागि पुनः झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ।

























