छोराद्वारा आमाको हत्या

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार १०:२८
सांकेतिक तस्बिर

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमिमा एक युवकले आफ्नै आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा डेरा गरी बस्ने २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिता भण्डारीको हत्या गरेका हुन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार शुक्रबार राति प्रविणले आमामाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी सरितालाई उपचारका लागि तत्काल भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भएका उनीहरू तेर्सेटारमा डेरा बस्दै आएका थिए। आमाको हत्या गरेपछि प्रविणले आफ्नै टाउकोमा समेत धारिलो हतियार प्रहार गरी आफूलाई घाइते बनाएका छन्। घाइते छोराको प्रहरी निगरानीमा उपचार भइरहेको छ। घरायसी विवाद वा अन्य कुनै कारणले हत्या भएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.