धरानमा बस दुर्घटना: चालकसहित ५ जनाको मृत्यु, १२ घाइते

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार १८:२०

विराटनगर । सुनसरीको धरानमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परी चालकसहित ५ जनाको मृत्यु भएको छ। धनुषाको जनकपुरबाट धनकुटाकाे भेडेटार पुगरे फर्कने क्रममा को १ ख ७१११ नम्बरको बस दुर्घटनामा परेको हो ।

कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार भ्रमण सकेर फर्कने क्रममा धरान उपमहानगरपालिका–१३ स्थित जिरोप्वाइन्टको ओरालो सडकमा बस अनियन्त्रित भई दुर्घटना भएको थियो। सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेबेले दुर्घटनामा ५ जनाको ज्यान गएको पुष्टि गर्दै मृतकहरूको सनाखत गर्ने कार्य भइरहेको जानकारी दिए।

दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको छ।

भेडेटारतर्फ बाट धरान आउँदै गर्दा अनियन्त्रित भएको बस सडक छेउको मन्दिर र न्यू सबा मेडिकल एण्ड हेल्थ क्लिनिक भित्र पसी दुर्घटना भएको थियो। ओरालो बाटोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

धनुषा जिल्ला जनकपुर नगरपालिका–१ का १८ महिनाका रिसबकुमार मण्डल, महोत्तरी गैंडावेदपुरा–८ का ३१ को धौरियकुमार यादव, झापाको मेचीनगरपालिका–५ का १९ वर्षीय नैन थापामगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का २० वर्षीय उमेश राई  र धरान उपमहानगरपालिका– १३ की २४ वर्षीया  सुवेक्षा सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमध्ये मगर र राई धरानमा लाहुरे तालिम केन्द्रमा तालिम गर्दै आएको र सोही समयमा औषधि किन्न गएको खुलेको छ ।

धरान–१३ की ४३ वर्षीया यशोदा श्रेष्ठ, जनकपुर–१ की ४० वर्षीया सतुनादेवी मण्डल, जनकपुर–१ का १८ वर्षीय रोहन मण्डल, जनकपुर–१ की २५ वर्षीया रिता मण्डल, जनकपुर–४ की ३० वर्षीया पुनिता मण्डल, महोत्तरी–४ का २५ वर्षीय मोहम्मद गुलाम, जनकपुर–५ की २२ वर्षीया लक्ष्मी मण्डल, जनकपुर–५ का १८ वर्षीय राजा बाबु, जनकपुर–५ का २४ वर्षीया रोहित मण्डल, जनकपुर–५ की ४० वर्षीया मनितादेवी मण्डल, जनकपुर–४ का ३१ वर्षीय जितेन्द्र मण्डल र जनकपुर–५ का २० वर्षीय कृष्ण मण्डल दुर्घटनामा परी घाइते भई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जनकपुरको टाइम इन्टरनेसनल एकेडेमी स्कुलले बस खरिद गरेको र त्यही बस नामसारी गर्न आएको मौकामा घुम्न गएको हुनसक्ने बताए ।

बसमा विद्यार्थी नभई उनीहरूकै परिवारका सदस्य मात्रै हुनसक्ने उनले भने ।  घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.